Ads3

आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । हिजो तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ आज तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार र सोमबार भने सुनको भाउ बढेको थियो । त्यस्तै, आज चाँदी पनि तोलामा १६० रुपैयाँले घटेको छ ।

हिजो तोलाको ४ हजार ७५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर ४ हजार ५९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्