Ads3

नेपालमा १६८ प्रजातिका लामखुट्टे, रोगको जोखिम बढ्दै

नेपालमा १६८ प्रजातिका लामखुट्टे, रोगको जोखिम बढ्दै

काठमाण्डौ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ

नेपालमा अहिलेसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा ती रोगबाट झण्डै १८ हजार ७१० जना प्रभावित भएका थिए ।

पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखम उच्च हुँदै गएका छन् ।

विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ । पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्