Ads3

​संखुवासभामा जिल्ला खेलकुद विकास समितिका प्रमुखद्वारा विभिन्न खेलको अवलोकन, खेलाडीलाई हौसला

​संखुवासभामा जिल्ला खेलकुद विकास समितिका प्रमुखद्वारा विभिन्न खेलको अवलोकन, खेलाडीलाई हौसला

संखुवासभा । संखुवासभा जिल्ला खेलकुद विकास समितिका प्रमुख दुश्यन्त बस्नेतले जिल्लामा भइरहेका विभिन्न खेलकुद गतिविधिहरूको प्रत्यक्ष अवलोकन तथा अनुगमन गर्नुभएको छ। बस्नेतले खेल मैदानमै पुगेर सेपाकताक्रो, कराते, तेक्वान्दो लगायतका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभएको हो।

​अवलोकनका क्रममा प्रमुख बस्नेतले प्रशिक्षणरत खेलाडीहरूको मनोबल बढाउँदै अनुशासित र लगनशील भएर खेलमा निरन्तरता दिन आग्रह गर्नुभयो। साथै, सीमित स्रोत र साधनका बाबजुद पनि खेलाडी उत्पादनमा खटिएका प्रशिक्षकहरूको योगदानको प्रशंसा गर्दै उहाँहरूलाई उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नुभयो।

​संखुवासभामा खेलकुदको सम्भावना उच्च रहेको उल्लेख गर्दै प्रमुख बस्नेतले आगामी दिनमा जिल्लामा अन्य नयाँ तथा आकर्षक खेलहरू समेत भित्र्याउने र खेल पूर्वाधार विकासमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको यो सक्रियता र आश्वासनले स्थानीय खेलाडी तथा खेलप्रेमीहरूमा नयाँ उत्साह थपेको छ।

Muktinath

प्रतिक्रिया दिनुहोस्