काठमाण्डाै । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ७.१७ अङ्कले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढेको छ ।
आज १३२ वटा कम्पनीको शेयर बढ्दा त्यति वटै कम्पनीको शेयर घटेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज माउन्ट इनर्जी पावर र सर्वाेत्तम पेन्ट्सको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन कुमारी धनविद्यार्थी योजनाको शेयर झन्डै १० प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका ९५ लाख कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्