Ads3

स्वास्थ्य परीक्षणपछि इमरान खानलाई फेरि जेल पठाइयाे

स्वास्थ्य परीक्षणपछि इमरान खानलाई फेरि जेल पठाइयाे

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको शिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि जेलमा पठाइएको छ ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार खानलाई नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियनसहितको टोलीले जाँच गरेको थियो । परीक्षणपछि डाक्टरहरूले पूर्वप्रधानमन्त्री खान ‘चिकित्सकीय रूपमा तन्दुरुस्त’ रहेको बताएका बीबीसीले जनाएको छ ।

सर्वोच्च अदालतले गएको मङ्गलवार खानलाई ४८ घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो ।

इरामान खान भ्रष्टाचारकाे आराेपमा सन् २०२३ देखि जेलमा हुनुहुन्छ । उहाँले आफूमाथि लागेका आरोपहरू राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आउनुभएको छ ।

पूर्वप्रधानमन्त्री खानका वकिलहरूले उहाँ विभिन्न समस्याबाट ग्रसित भए पनि विशेषज्ञ चिकित्सकबाट उपचार हुन नसकेको दाबी गर्दै आएका थिए ।

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीको कप्तानसमेत रहनुभएका खान सन् २०१८ देखि २०२२ सम्म देशको प्रधानमन्त्री बन्नुभएको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्