काठमाण्डाै । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नुभएको छ । उहाँ आज माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ ।
प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन । प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाण्डौबाट सडकमार्ग हुँदै पोखरा पुग्नुभएको हो । उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शाहको यो भ्रमण निजी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्