Ads3

जनकपुरधाम क्षेत्रका अतिक्रमित पोखरीको जग्गा खाली गराउन डोजर चल्यो

जनकपुरधाम क्षेत्रका अतिक्रमित पोखरीको जग्गा खाली गराउन डोजर चल्यो

काठमाण्डौ । धनुषाको जनकपुरधाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ । पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आज बिहानदेखि काम थालेको हो ।

पहिलो चरणमा ७ वटा पोखरीको डिललाई अतिक्रमणमुक्त बनाउने योजनाअनुसार जनकपुरधाम उपमहानगरपालिका–६ गोरधोई पोखरीबाट हटाउन शुरु गरिएको छ । गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पर्सि सोमवार जनकपुरका ७ वटा पोखरीको अतिक्रमण हटाइनेछ । 

जसमा गोरधोई, विषहरा, रत्नसागर र दीर्घिका सरलगायत छन् । यो अभियान २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको हो । 

प्रतिवेदनमा पहिचान गरिएका ४९ वटा पोखरीमध्ये पहिलो चरणमा मुख्य पोखरीलाई अतिक्रमणमुक्त गराइनेछ । समितिको कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्रकृतिका अतिक्रमित जग्गाहरू खाली गराइनेछ ।

गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार संस्थानले यसअघि पटक–पटक सूचना निकालेर संरचना आफैँ हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो । 

Muktinath

प्रतिक्रिया दिनुहोस्