Ads3

बारामा २ वर्षीया बालिका १२ घण्टापछि सकुशल भेटिइन्

बारामा २ वर्षीया बालिका १२ घण्टापछि सकुशल भेटिइन्

काठमाण्डाै । बारामा हिजो बेलुकीपख हराएकी २ वर्षीया बालिका आज बिहान फेला परेकी छन् । हिजो बेलुका साढे ५ बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर १ कटि पर्सा टोलबाट हराएकी बालिका आज बिहान पौने ६ बजे कलैया–२६ सिस्वाको बाटोमा फेला परेकी हुन् ।

हिजो बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकामा बिहान बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए । बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्