काठमाण्डाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ । पूर्वसभापति देउवा र पूर्वकार्यवाहक सभापति खड्काले दिनुभएको छुट्टाछुट्टै पूरक निवेदन आज दर्ता भएको छ ।
देउवा समूहले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्चले पुनरावलोकनका लागि निस्सा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुङ्गो नलागेसम्म १५औँ महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ ।
निवेदनमाथि पर्सि बिहीवार भदाै ११ गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो ।
भदौ ११ गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया र आउँदाे राजनीतिक अवस्थाबारे महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्