Ads3

रसुवाको भोटेकोशीमा बाढी, सतर्कता अपनाउन आग्रह

रसुवाको भोटेकोशीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाण्ठौ । रसुवामा भोटेकोशी नदीमा आकस्मिक रुपमा बाढी आउँदा स्याप्रुबेसीलगायतका बजारमा क्षति पुर्‍याएको छ । बाढीले चिलिमेलगायत अन्य जलविद्युत् आयोजनामा र केही बस्तीमा समेत क्षति पुर्याएको विवरण प्राप्त भएको र थप विवरण संकलन र बाढी अनुगमनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 

रसुवा र धादिङ जिल्ला प्रशासन कार्यालयहरुले सूचना निकालेर नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् । 
बाढी निकै ठूलो भएकाले यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न अनुमान् छ ।

बाढीको प्रभाव नुवाकोट र धादिङको त्रिशूली आसपासका क्षेत्रमा समेत पर्न सक्ने भन्दै धादिङ प्रशासनले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।  रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीको क्षतिको यकिन विवरण भने आइसकेको छैन ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान् महाशाखाले बाढीको कारण यकिन नभएको र अहिले बाढी अनुगमन र सचेत गराउने काम भइरहेको जनाएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्