Ads3

रसुवा बाढी : मेडिकल टिम बोकेर सेनाको एमआई–१७ हेलिकप्टर उड्यो

रसुवा बाढी : मेडिकल टिम बोकेर सेनाको एमआई–१७ हेलिकप्टर उड्यो

काठमाडौं । नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको छ ।
यसका साथै धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भएको छ । यसअघि सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्र का लागि खटिसकेका थिए ।

आज बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । अहिले बाढी नुवाकोट हुँदै धादिङ पुगिसकेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्