काठमाण्डाै । तिब्बतबाट नेपालको रसुवा हुँदा अघि बढेको बाढी धादिङको गजुरी पार भएको छ । नदी तटीय क्षेत्रमा ठूलो क्षति गर्दै अघि बढेको बाढी गजुरी पार गरेर अघि बढेको हो ।
अहिले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा पठाइएको छ भने सडकमा गाडी चलाउन बन्द गरिएको छ ।
रसुवाकाे भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले उच्च सतर्कतासहित सुरक्षित ठाउँमा रहन अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस्