काठमाडौं । रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन् । तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् ।
नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष सन्तोष कोइरालाका अनुसार समान्य सोधपुछमा बैंकहरूका ९ वटा शाखामा पूर्ण क्षति पुगेको जानकारीमा आएको हो ।
‘हालसम्मको जानकारी अनुसार ९ बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त छन् भने कर्मचारी पनि आधाभन्दा धेरै सम्पर्कमा छैनन्,’ कोइरालाले भने, ‘कर्मचारी सम्पर्कमा आउने क्रम जारी छ, क्षतिको विवरण पनि क्रमिक रूपमा संकलन भइरहेको छ ।’
कुन बैंकका शाखा तथा कति कर्मचारी भन्ने विवरण संकलन क्रममा रहेको उनले बताए । बाढीले क्षति पुर्याएको क्षेत्रमा जान सकिने अवस्था छैन । फोन तथा इन्टरनेटका टावरमा समेत बाढीले क्षति पुर्याएकाले सम्पर्क गर्न पनि असहज भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्