Ads3

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डाै । भोटेकोशी बाढीको जोखिम नवलपरासीकाे सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएकाे छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि चितवनको देवघाटसम्म मात्रै जोखिम रहन सक्ने अनुमान गरिएकोमा जोखिम आँकलन गर्दा सुस्तासम्म रहने देखिएको छ ।

यसैबीच नेपाल टेलिकमले बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । २ दिनका लागि प्रभावित क्षेत्रमा अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्