काठमाडौं । रसुवामा एक्कासि आएको बाढीले ठूलो विपत्ति सिर्जना गरेको छ । रसुवासहित नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
सबै सुरक्षा निकायहरू खोजी तथा उद्धारमा खटिएका छन् । नेपाली सेनाका हेलिकप्टरदेखि निजी कम्पनीका हेलिकप्टर, ड्रोन, कुकुरसहित तालिमप्राप्त दक्ष जनशक्ति खोजी तथा उद्धारमा जुटेका छन् ।
मेडिकल टिमको टोली पनि बाढी प्रभावित क्षेत्रमा खटिएको छ । अहिलेसम्म बाढीमा परेर ज्यान गुमाएका सात जनाको शव संकलन गरिएको सुरक्षा निकायहरूले बताएका छन् । केही घाइतेहरूको उद्धार गरी उपचार सुरु गरिएको छ ।
सुरक्षाकर्मीतर्फ पनि ठूलो क्षति भएको छ । अहिलेसम्म नेपाल प्रहरीका ३२ जना बेपत्ता रहेको प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् । सशस्त्र प्रहरीतर्फ पनि ९ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।
४१ सुरक्षाकर्मी अहिलेसम्म सम्पर्कविहीन छन् । बाढीमा परी बालबाल बाँचेका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल अनलाइनखबरको सम्पर्कमा आएका छन् । बाढी आउँदै छ भनेर माइकिङ गर्दागर्दै एक्कासि ठूलो बाढी आएको उनले बताएका छन् ।
त्यहाँको अवस्थाबारे सहायक हवल्दार रिजालले अनलाइनखबरलाई बताएको कुरा जस्ताको तेस्तै हामीले यहाँ राखेका छौं :
म बेत्रावतीमा कार्यरत छु
प्रतिक्रिया दिनुहोस्