Ads3

नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटिन चिनियाँ राष्ट्रपतिको निर्देशन

नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटिन चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् ।

समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजी कार्यमा लाग्न निर्देशन दिएका हुन् । बाढी पहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुगेको छ ।

समाचार अनुसार सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्