Ads3

विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्नुस् : रवि लामिछाने

विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्नुस् : रवि लामिछाने

काठमाण्डाै । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा आइपर्ने प्राकृतिक विपद्को सामना गर्न दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृतरूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभा आजको बैठकमा बोल्दै सभापति लामिछानेले राजनीतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिम प्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले २०७२ सालको भूकम्पका बेला दलहरूले देखाएको उच्च राजनीतिक चरित्रको स्मरण गर्दै सदनको ठूलो दलको हैसियतमा रास्वपाले समन्वयकारी भूमिका निर्वाह गर्ने र आवश्यकता परे सर्वदलीय बैठकका माध्यमबाट विपद् जोखिम न्यूनीकरणमा अग्रसरता लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चीनको तिब्बततर्फको जलाधार क्षेत्रमा आएको हिमपहिरोका कारण भोटेकोशी नदीमा आएको आकस्मिक बाढी र त्यसले निम्त्याउन सक्ने जोखिमप्रति उहाँले सदनको ध्यानाकर्षण गराउनुभयो ।

लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत नदी किनाराका बस्तीलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो । उहाँले सरकारले खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकार बलियो रहेको र यसले विपद्का बेला प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले नागरिकको सेवामा सरकार अब्बलरूपमा प्रस्तुत हुने आशा व्यक्त गर्नुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्