काठमाण्डाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको वा बसेको ठाउँबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगो बालेर धूवाँ निकालेर सङ्केत गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् ।
खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सङ्घ–संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा पालिकासँग समन्वय गरी सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्