काठमाण्डौ । आज देशका विभिन्न ४७ जिल्ला र आसपासका क्षेत्रका स–साना नदीमा बाढीको मध्यम जोखिम छ । त्यस्तै भोटेकोशी र त्रिशूली नदीमा पनि पानीको बहाव बढ्न सक्ने अनुमान छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकासहित देशका ४७ जिल्ला र आसपास भएर बग्ने स–साना नदीमा बाढीको मध्यम जोखिम छ ।
बाढी महाशाखाको बुलेटिनअनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, गोरखा, पाल्पा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ ।
साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशूली नदीमा बहाब उल्लेख्य बढ्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्