काठमाण्डौ । काठमाण्डौको त्रिपुरेश्वरमा एउटा सार्वजनिक बसमा आगलागी भएको छ । बा २ ख ४२७४ नम्बरको बसका चालक दावा लामाले आफ्नै गाडीभित्र आगो लगाएका प्रहरीको प्रारम्भिक अनुमान् छ ।
काभ्रेको पनौतीका २३ वर्षीय लामालाई उद्धार गरी कीर्तिपुरमा रहेको वर्न अस्पताल लगिएको र उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । घटनाअघि चालक लामा र ट्राफिक प्रहरी अधिकारीहरूबीच भनाभन भएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा लामाले आफूलाई बिनागल्ती जरिवाना गराउन लागिएको भन्दै आक्रोश पोख्नुभएको छ । सम्झाउन आएका सशस्त्र प्रहरीका अधिकारीसँग उहाँले आफूले शुरुमा सम्मानपूर्वक माफी माग्दा पनि कारबाही गर्न खोजिएको गुनासो गर्नुभएको देखिन्छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने चालक लामामाथि कारबाही नगरेको दावी गरेको छ । विवादको वास्तविक कारण पत्ता लगाउन सीसीटीभी फुटेज अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्