काठमाण्डौ । शिक्षाविद् तथा काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ । शिक्षाविद् डा शर्माको उपचारका क्रममा हिजो काठमाण्डौ धुम्बाराहीको हेम्स अस्पतालमा निधन भएको हो । उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
सिन्धुलीमा जन्मनुभएका डा शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षाविद्का रूपमा परिचित हुनुहुन्थ्यो । सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।
काठमाण्डौ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा शिक्षाविद् डा शर्माले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको शुरुवात गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्