Ads3

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनमा २२२.४ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनमा २२२.४ मिलिमिटर वर्षा

काठमाण्डौ । देशका मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा भैरहेको छ । पछिल्लो २४ घण्टामा चितवनको माडी कल्याणपुर केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार चितवनको मेघौली, नवलपरासीको बर्दघाट र तनहुँमा पनि २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ ।

परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनुलाई धेरै ठूलाे (आरीघोप्टे) वर्षा मानिन्छ । यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी (मुसलधारे) वर्षा र ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई ठूलो वर्षा भनिन्छ ।

आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित पूर्वमा मौसम केही सुधार हुनेछ । त्यस्तै अरु ठाउँमा भोलिदेखि क्रमशः सुधार आउने अनुमान छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्