जापानमा चलिरहेको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान सीधै सेमिफाइलनमा पुगेका छन् ।
प्रतियोगितामा आजको पहिलो क्वाटरफाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वाटरफाइनलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो । तर वर्षाका कारण टससमेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसी वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् ।
यसैबीच भोलि बिहान पौने ६ बजे हुने नेपाल र श्रीलङ्काबीचको तेस्रो क्वाटरफाइनलमा पनि वर्षाको सम्भावना छ । यो खेल पनि वर्षाका कारण रद्द भएमा आईसीसी वरीयताका आधारमा श्रीलङ्का सेमिफाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ ।
यस्तै चौथो क्वाटरफाइनला भोलि बिहान सवा १० बजे बङ्गलादेश र मलेशिया खेल्दैछन् । प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई हराएर समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्