Ads3

कांग्रेस सभापतिमा गगन र श्यामकृष्णबीच प्रतिस्पर्धा, उम्मेदवारको अन्तिम 

कांग्रेस सभापतिमा गगन र श्यामकृष्णबीच प्रतिस्पर्धा, उम्मेदवारको अन्तिम 

काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार सभापतिमा थापा र खड्गीबीच प्रतिस्पर्धा हुने भएको हो । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ ।

चार उपसभापतिमध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन् । समावेशीतर्फको एक उपसभापति पदका लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरूङ गरी पाँच जना प्रतिस्पर्धामा छन् ।

तीन महामन्त्रीमध्ये दुई खुला पदका लागि अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरूराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनीलकुमार शर्मा उम्मेदवार छन् । महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल प्रतिस्पर्धामा छन् ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् । मतदान आज बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म हुनेछ । मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागृह र खुलामञ्चमा तोकिएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्