Ads3

कङ्गोमा इबोला संक्रमितको संख्या झण्डै एक हजार नजिक

कङ्गोमा इबोला संक्रमितको संख्या झण्डै एक हजार नजिक

कङ्गोमा इबोला संक्रमितको संख्या झण्डै एक हजार नजिक

facebook sharing button Share
twitter sharing button Post
email sharing button Email
sharethis sharing button Share

काठमाण्डौ । कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप बढ्दै गएर संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगेको छ । संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणका कारण प्रभावित भइरहेको समाचार संस्था एपीले जनाएको छ । स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुङ्गा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहारको सामना गर्नुपरेको छ । कतिपय मानिसहरू रोगप्रति शङ्का व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन् ।

स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोडफोडका घटना भएका छन् । विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढेकाले रोग नियन्त्रण कठिन बनेको छ । साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ ।

यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ । जोखिमका बाबजुद पनि सङ्क्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्