संखुवासभाको सुन्दर सभापोखरी

संखुवासभाको पर्यटकीय सुन्दरताको नाम लिनासाथ सभापोखरी एवं गुफा पोखरीलाई सम्झने गरिन्छ । विशेष गरी नागपञ्चमीदेखि जनै पूणिर्मासम्म पर्यटकीय एवं धार्मिक क्षेत्र सभापोखरीको दर्शन गर्नेहरुको भीड लाग्छ ।

चार हजार मिटरको उचाइमा रहेको रमणीय, सामरिक एवं धार्मिक महत्वको यस क्षेत्रमा गर्मीयाममा मात्रै पुग्न सकिन्छ । हप्ता दिनको कष्टकर पैदल यात्रावाट मात्रै पुग्न सकिने यो स्थलमा पुग्नेहरुले त्यहाँ रहेको प्राकृति सुन्दरताको रसस्वादन गर्नुका साथै त्यहाँ रहेको मन्दिरमा पूजाआजासमेत गर्छन् ।

यस स्थानमा स्नान गर्नाले मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । प्राचीनकालमा देवगणहरुले श्रावण महिनामा, गुफापोखरीमा गुफा बस्ने र सभापोखरीमा सभा एवं महायज्ञ गर्ने जनविश्वास रहेकाले यो ठाउँलाई महत्वपूर्ण रुपमा लिइने गरेको पाइन्छ । यहाँ प्रत्येक वर्ष ४ हजारभन्दा बढी भक्तजन आउने गरेका छन् ।

सुनसरीको धरानबाट भेडेटार, धनकुटा सदरमुकाम र हिले बजार हुँदै संखुवासभा पुगिने भएकाले बाहिरी जिल्लाबाट आउने पर्यटक एवं भक्तजनहरुका लागि सभापोखरीको यात्राले अन्य क्षेत्रको समेत एकमुष्ट अवलोकन गर्ने मौका उपलब्ध गराउँछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search