काठमाडौंको बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौमा थुप्रिएको फोहर देखेर श्रमदान गर्न मन लागेको बताएका छन्।

काठमाडौं आएका उनले यहाँ आउने बित्तिकै प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्,‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो१प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो१’

उनले काठमाडौंको सडक किनारमा थुप्रिएको फोहोर देखेर खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा भएको बताए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search