काठमाण्डौ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उहाँहरू एउटै ९हँसिया हथौडा० चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार हुनुभएको हो । दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । यसबारेमा आ–आफ्नो दलमा छलफल गरेर निर्णय गर्ने सहमती भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
भेटवार्तामा नेसपाका नेताहरूले प्रतिनिधि सभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । एउटै चिह्न लिएर चुनावमा जाने र चुनावपछि पार्टी एकता गर्ने विषयमा पनि प्रचण्ड र बाबुराम सहमत हुनुभएको यादवको भनाइ छ ।