बिहे गर्ने बहानामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी

सल्यान । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सल्यानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कालिमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी पक्राउ परेका हुन्।

विवाह गर्ने प्रलोभनमा पारेर १९ वर्षीय गिरी र सोही ठाउँका २० वर्षीय मेघराज थापाले लक्ष्मीपुरस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

भदौ ८ गते राति १० बजे ललाई फकाई विद्यालयमा लगी दुई जनाले जबरजस्ती करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। भदौ ९ गते दिनभर जंगलमा राखी अब घर जाने भनी बालिकालाई जंगलमा नै छोडी फरार भएका थिए।

पक्राउ परेका फरार गिरीलाई सल्यान अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान थालिएको र अर्का फरार थापाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search