श्रोत नखुलेको २४ लाख रुपैयाँसहित बुटवलमा एक जना पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले श्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका–१ वाइपासबाट प्रहरीले रकमसहित बुटवल–८ सुक्खानगरका सन्दीप शाक्यलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा शाक्यले बोकेको कालो रङ्गको झोलाबाट श्रोत नखुलेको रकम बरामद भएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search