संखुवासभामा पशु स्वास्थ्य सेवाकर्मीहरुद्धारा विरोध प्रदर्शन

संखुवासभाको खाँदबारीमा पशु स्वास्थ्य सेवाकर्मीले विरोध प्रदर्शन गरेका छन् । बिहिबार पशु सेवा तथा भेटेरेनरी अस्पतालबाट सुरु भएको विरोध सहितको ¥याली प्रहरी गेट हुँदै पोखरी बजार सहित नगर परिक्रमा गरेको छ ।

पशू स्वास्थ्य तथा पशु सेवा परिषद विद्ययेक २०७९ रोक्ने षड्यन्त्रका विरुद्धमा खबरदारी सहितको विरोध ¥याली प्रदर्शन गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोख्रेलले बताउनु भयो ।

¥यालीमा जिल्लाका ५० भन्दा बढी पशु स्वास्थ्य सेवाकर्मीहरुको उपस्थिति रहेको थियो । ¥यालीमा सहभागीहरुले प्रतिनिधि सभाबाट पारित पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक परिषद् विद्येयक राष्ट्रिय सभाबाट पारित गर्न माग गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search