आज देशैभर वर्षाको सम्भावना

काठमाडौं । शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली प्रदेश १, बागमती, र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search