२ जना संक्रमितको मृत्यु हुँदा २०० जना संक्रमित थपिए

काठमाडौं । शनिबार देशभर २०० जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ५३७ जनामा गरिएको परीक्षणमा २ सयजनामा संक्रमण पुष्टि भएको हो।

आज ३३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही समयमा २ जना संक्रमितको मृत्यु समेत भएको छ। मन्त्रालयको विवरण अनुसार हालदेशभर २ हजार ६४२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितमध्ये ६ जना भेन्टिलेटरमा‚ ३९ जना आइसियुमा‚ १४८ जना संस्थागत आइसोलेशन र २ हजार ४९४ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search