संखुवासभामा बाल हेल्पलाइन नं. १०९८ को प्रयोगकर्ता बढ्दै

संखुवासभामा बाल हेल्पलाइन नं. १०९८ को प्रयोगकर्ता बढ्दै गएको छ । २०७८/०७९ को तथ्यांकलाई हेर्ने हो भने हेल्पलाइनमा एक सय १४ फोनकल प्राप्त भएको छ । संखुवासभा बाल हेल्पलाइन प्रमुख सुजन अधिकारिका अनुसार एक सय १४ मध्ये नौ ओटा कल बालबालिकाको रहेको छ । यस्तै बालबालिकाको घटना सम्बन्धी ४६ ओटा फोनकल प्राप्त भएको छ । संखुवासभाले संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम जिल्लाका लागि हेल्पलाइन सञ्चालन गरिरहेको छ । जिल्लागत तथ्यांकलाई हेर्दा संखुवासभाबाट ४६, भोजपुरबाट १३, तेह्रथुमबाट १ र धनकुटाबाट ९ फोनकल आएको प्रमुख अधिकारीले बताउनु भयो ।

तर यसको बढ्दो प्रयोगसंगै समस्याहरुसमेत थपिदै गएको उहाँले बताउनु भयो । हेल्पलाइन नम्बर निशुल्क भएपछी मिसकल गर्ने र अनावश्यक फोन गर्ने प्रवृत्तिका कारण मानिसहरुमा बुझाईको कमी भएकाले यस्तो नगर्न उहाले अनुरोध गर्नु भएको छ । शुक्रबार खाँदबारीमा आयोजित अनलाइन बाल यौन दुव्र्यवहार तथा रोकथाम सम्बन्धी जिल्ला स्तरीय कार्यशालामा अधिकारीले यस्तो बताउनु भएको हो ।

जोखिममा परेका बालबालिकाको आपतकालिन उद्धार, राहत, संरक्षण र परामर्शका लागि नेपालमा विगत २१ वर्ष देखि बाल हेल्पलाइन संचालनमा रहेको छ ।
हिंसा र जोखिममा परेका बालबालिकाको नाम र ठेगाना गोप्य राखिने भएकाले त्यस्तो भइरहेको थाहा पाउने वित्तिकै जो कोहीले पनि १०९८ मा फोन गरेर जानकारी गराउन सकिने छ । उक्त नम्बरमा फोन गर्दा पैशा नलाग्ने र २४ घण्टा सञ्चालनमा रहि आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search