अरुण बरुण निर्माण सेवाद्धारा बाल गृहलाई सहयोग प्रदान

अरुण बरुण निर्माण सेवा प्रा.लि.संखुवासभाले बाल कल्याण गृह संखुवासभालाई आर्थिक सहयोग प्रदान गरेको छ । माट्स नेपालद्वारा संचालित बाल कल्याण गृहलाई ११ हजार रुपैंया सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रतिनिधि मिङमार शेर्पाले उक्त सहयोग बाल कल्याण गृहकी धाईआमा कोपिला राईलाई हस्तान्तरण गर्नु भएको हो । दशै पर्बमा बाल गृहको खर्च ब्यबस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले रकम उपलब्ध गराउनु भएकोमा संस्थाका कार्यालय सचिब सुजन अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search