संखुवासभाका अनुप राईको मनास्लु हिमपहिरोमा मृत्यु

संखुवासभा । मनास्लु हिमालमा सोमबार गएको हिमपहिरोमा संखुवासभा मकालु गाउँपालिका ६ डाँडागाउँका ३४ वर्षीय अनुप राईको मृत्यु भएको छ । राई यसअघि पटकपटक सगरमाथा सहित विश्वका अग्ला हिमालहरुको सफल आरोही थिए ।राईको शव सिम्रीक एयरको हेलिकप्टर मार्फत् गोरकाको सामागाउँ ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

मंगलबार दिउँसोदेखि नै हिउँबाट शव झिक्ने प्रयास गरिए पनि मौसक प्रतिकुलताका कारण हेलिकप्टर हिमपहिरो गएको ठाउँमा पुग्न सकेको थिएन ।

यस्तै हिमपहिरोमा फसेका सबैको उद्धार भएको गोरखा प्रहरीले जनाएको छ । मंगलबार मात्र आठ जनाको उद्धार गरिएको छ । उनीहरूमध्ये एक जना पुन बेसक्याम्पतर्फ फर्किएका छन् भने सात जनालाई काठमाडौं पठाइएको छ ।

दुई जना सामान्य घाइते भने हिँडेर पहिलो क्याम्पमा आएको लामिछानेले जानकारी दिए । यसअघि सोमबार नै दुई जना घाइतेको उद्धार गरिएको थियो । मनास्लु हिमालको क्याम्प ३ र ४ बीचमा सोमबार हिमपहिरो खस्दा आरोहणका लागि पुगेकाहरू हिउँमै फसेका थिए ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search