संखुवासभा। युवा अभियान्ता श्री गुरुङले काठमाडौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
युवा अभियन्ता गुरुङले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । गुरुङ ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’ भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा छन् । उनले परनिर्भरतामा रहेको देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।
गुरुङले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो एजेण्डा सार्वजनिक गरेका हुन् । मुलुक राजनीतिक रुपमा क्यान्सरले ग्रसित बनेको उनको आरोप छ ।
आर्थिक क्रान्ति गर्ने र देशलाई आर्थिक रुप्मा आत्मनिर्भर बनाउने पनि उनले आफ्नो योजना सुनाए । अरु देशले पर्यटन व्यापार गरेर देश सम्पन्न बनाएको उल्लेख गदै नेपाललाई किन पर्यटनमा सवल नबनाउने भनेर प्रश्न गरे । उनले आफूहरुले देशको पर्यटन उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने पनि सुनाए ।
गुरुङ कलाकार निश्चल बस्नेत लगायतको साथ रहेको छ । संखुवासभाको खाँदबारी–३ मा जन्मिएका गुरुङ हाल काठमाडौ लाजिम्पाटमा बस्दै आएका छन् ।