काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा जम्मा १६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार २७६ जनाको परीक्षणमा १६ जना मात्रै संक्रमित भेटिएका हुन्।
यस्तै आज १७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ५६२ जना कोभिडका सक्रिय संक्रमित छन्। नेपालमा कोभिडको संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।