नुम । संखुवासभामा पाँचदलीय गठबन्धनबाट प्रदेशसभा (क)बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजेन्द्र कार्की (नवीन)ले मकालुमा विधुत सब–स्टेसन स्थापना गरी पालिकाका सबै वडा र छिमेकी पालिकामा पनि बिजुली पु(याउने प्रतिबद्धता जनाएका छन् ।
मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले मकालु गाउँपालिकाभित्रका सबै वडामा सडक र स्वास्थ्य चौकी पु(याउने विषयलाई पनि आफूहरूले जितेर गएपछि प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लाका आवश्यकताहरु सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा सक्दो काम गर्ने कार्कीको भनाइ थियो । गठबन्धनका नेताहरु चुनावी घरदैलो कार्यक्रम अन्तर्गत जिल्लाको उत्तरीक्षेत्र मकालु गाउँपालिकाको केन्द्र नुम बजार पुगेका छन् ।