काठमाडौं । संघ तथा प्रदेशको चुनाव आउन अब ९ दिन बाँकी रहेको छ । अहिले संघ तथा प्रदेशमा उम्मेदवार भएका नेताहरु मतदाताको घरदैलोमा पुगेर आफ्नो योजनाहरु सार्वजनिक गरिरहेका छन् ।
चुनवा जितेपछि आफूले गर्ने कामका विषयमा आम सर्वसाधारणलाई विश्वस्त बनाउन र आफ्नो पक्षमा भोट माग्नमा व्यस्त देखिन्छ । आगामी मंसिर ४ गते हुने चुनावका लागि जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेको दिपक याक्खाले आफूले जितेमा संखुवासभाको पर्यटकीय क्षेत्रको विकाग गर्न बताएका छन् ।
संखुवासभामा पर्यटकीय सम्भावना उच्च रहेको भन्दै यसको प्रचारप्रसारका लागि आफूले सक्यो प्रसार गर्ने उनको भनाइ छ । समुन्द्री सतहदेखि ४५७ मिटर संसारको सबैभन्दा होचो अरुण उपत्यका देखि विश्वको पाँचौं अग्लो हिमाल मकालु ९८४८१० हिमाल यो जिल्लामा रहेका छन् । जसका कारण पर्यटकको सम्भावना धेरै भएको जिल्लाका रुपमा संखुवासभालाई लिने गरिन्छ ।
मंसिर ४ गते हुने संघीय निर्वाचनमा संखुवासभामा जनताको सेवक बन्नका लागि आफू तयार रहेको याक्खाको भनाइ छ । याक्खा अहिले जनताको घरमा जाने र आफ्नो क्षेत्रको विकासको मोडलका विषयमा बुझाइरहेका छन् ।
उनी भाषिक, जातिय र धार्मीक विविधताले भरिपूर्ण संखुवासभा पर्यटकलाई पाठशालाको रुपमा विकास गर्न सकिने बताउछन् । उनी पर्यटकहरूलाई मकालु वेस क्याम्प सम्म पुग्ने मार्गलाई सुविधायुक्त बनाउन आफुले जित्नै पर्ने भएको तर्क गर्छन् ।