यूएईले नेपाललाई ८४ रनले हरायो

काठमाण्डौ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स ९यूएई० ले नेपाललाई ८४ रनले हराएको छ ।

आज सोमवार त्रिवि मैदानमा यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खानले चार विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायो । यूएईका लागि रोहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए । बलिङतर्फ नेपालका गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।

नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुन लागेको हो । दोस्रो खेल पर्सि बुधवार र तेस्रो तथा अन्तिम खेल आउँदो शुक्रवार हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search