संखुवासभाका तीन मतदान स्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

संखुवासभाका दुर्गम भोटखोला गाउँपालिकाका तीन मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ । चीनको सिमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट ल्याइएको हो ।

३ दिनसम्म पैदल हिडाएर मतपेटिका सदरमुकाम खाँदबारी ल्याउनु पर्ने भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो । थुदाम मतदान केन्द्रको २० मत, किमाथांकाको १ सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ६४ मतदान केन्द्र मध्ये १ सय ५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन भइसकेको छ ।

सबै मतदान केन्द्रको मतपेटिका आइसकेपछि मतगणना आजैबाट गरिने छ । संखुवासभामा ५६ प्रतिशत अर्थात ६५ हजार ८ सय ९२ मत खसेको थियो । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search