तेह्रथुम जिल्ला । जिल्ला सदरमुकामबाट करिब २६ किलोमिटर दूरीमा अवस्थित छ, फेदाप गाउँपालिका । कोशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपुर्वी भागमा अवस्थित गाउँपालिका हो, फेदाप । नेपाल संघीय शासन प्रणालीमा प्रवेश गर्दा राज्य पुनरसंरचना गरी स्थानीय तहको निर्माण गर्दा साविकका ५ वटा गाविसहरु (सिम्ले, ओयाक्जुङ, जलजले, सम्दु र इसिवु) सामावेश गराई फेदाप गाउँपालिकाको स्थापना गरिएको हो । स्थानीय लिम्बु जातिको मान्यता अनुसार १० लिम्बुवान १७ थुम मध्ये फेदाप एक रहेकाभनाई छ । यस गाउँपालिकाको पुर्वमा आठराई गाउँपालिका, पश्चिममा म्याङ्लुङ नगरपालिका, उत्तरमा मेन्छयायेम गाउँपालिका, दक्षिणमा तमोर नदी र खोरुङ्गा खोला अवस्थित छ । ऐतिहासिक धार्मिक स्थल र पर्यटकीय क्षेत्र रहेको फेदाप गाउँपालिका तेह्रथुम जिल्लामा रहेका ६ ओटा स्थानीय तहहरुमध्ये एक हो । ११०.८३ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको फेदाप गाउँपालिकामा विभिन्न जातजातिको बसोबास रहेको छ ।
