किमाथांकामा स्वास्थ्य सामाग्री पु¥याउनै सकस

किमाथांका संखुवासभाको विकट हिमाली गाउँ हो । भोटखोला गाउँपालिका वडा नं. १ मा पर्ने किमाथांकासम्म स्वास्थ्य सामाग्री पु¥याउन निकै सकस छ । हालसम्म सडक सञ्जालले नजोडिएको किमाथांकामा स्वास्थ्य सामाग्री पुर्याउन मानिसले बोकेर वा खच्चर र चौरीबाट ढुवानी गर्नुपर्ने हुन्छ । कतिपय सिशाजन्य औषधीहरु फुट्ने जोखिम पनि उत्तिकै हुने गर्दछ । सदरमुकाम खाँदबारीबाट पठाइएका सामाग्री गाउँपालिकाको केन्द्र हटियासम्म गाडीमा आइपग्छ । यहाँबाट तीन दिन लगाएर मानिस र खच्चरले बोक्नु पर्ने हुन्छ ।

कम जनसंख्या र विकट क्षेत्र भएपनि किमाथांका स्वास्थ्य चौकीमा दैनिक दुई÷तीन जना सेवाग्राही आउने गर्छन् । तर स्वास्थ्य भवनको छाना चुहिने भएपछि वर्खा लागेसंगै सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

साँघुरो भवन त्यहीँ पनि पानी चुहिने समस्या त छँदैछ । साँघुरो कोठामा जटिल बिरामी र सुत्केरीलाई सेवा दिन समेत समस्या छ ।

कतिपय बिरामीहरु रेफर गर्नुपर्ने भएपनि सडकको पहुँच नभएकाले थोरै जनशक्ति र सिमित श्रोत साधनबाट उपचार गर्नुपर्ने बाद्यता रहेको छ । त्यस माथि पनि वर्खायाममा छानो चुहिदा बिरामी राख्ने बेड र औषधीहरु भिज्ने डर पनि छ । दुख गरी ल्याइएका सामाग्री समेत जोगाउन मुस्किल छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search