काठमाडौँ । गायक प्रकाश तिमिल्सिना मृत भेटिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार गायक तिमिल्सिना ललितपुर महानगरपालिका वडा नम्बर १८ स्थित आफ्नै कोठामा शनिबार राति मृत भेटिएका हुन् ।
प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले गायक तिमिल्सिनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए । उनले भने, बेहोस अवस्थामा हुनुहुन्छ भन्ने सूचना पाएपछि तत्कालै उहाँलाई अस्पताल पुर्याइए पनि चिकित्सकले ब्रट डेडु घोषणा गरेका हुन् ।
एसपी सुवेदीका अनुसार अहिले पाटन अस्पतालमा तिमिल्सिनाको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ । मृत्युको अन्य केही कारण भए पोस्टमार्टमबाट खुल्ला, एसपी सुवेदीले भने । पोस्टमार्टम सकिएपछि आजै तिमिल्सिनाको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सुनसरी प्रकाशपुर स्थायी घर भएका प्रकाश तिमिल्सिना रियालिटी शो नेपाली ताराु बाट उदाएका गायक हुन् । बाल्यकालदेखि नै गीत गाउन थालेका उनले २०६६ सालमा दिव्य दृष्टि एल्बम ल्याएका थिए । पछि कलेक्सन एल्बम आरती ६६ु मा गाएको गीत प्रिय तिम्रो सिउँदोमा….ले उनलाई राम्रै परिचय दियो चिनाउन थाल्यो । उनले कालिका र अन्नपूर्ण अवार्ड जिते । उनले २०६८ मा प्रकाशु एल्बम ल्याए । त्यसको तिम्रै हातको सिन्दुर लाउँछु… ले पनि राम्रै चर्चा बटुल्यो ।
माझी दाइले बचाएका थिए प्रकाशको जीवन
अरूलाई मनोरञ्जन प्रदान गर्ने प्रकाशको जीवन ट्राजिक फिल्मको कथाजस्तै लाग्छ । २०४५ सालमा भूकम्प आयो । उनी एक वर्षका थिए । कोशीनजिक थियो उनको घर । कोशीमा ठूलो बाढी आयो । बाढीले घर मात्र बगाएन, उनको सिंगो परिवार बगायो । उनी पनि बगे । नदी छेउमा माछा मारिरहेका माझीको जालमा परे । जालमा माछो भनेर झिक्दा उनी फेला परे । जाल हान्ने माझीदाइ उनका मीतबुवा रहेछन् ।
मीतबुवाले उनको उद्धार गरे । परिवारका सबै गुमाए पनि हजुरआमाको साथ पाए । बाढीमा परेकी हजुरआमाले भने उपचारपछि नयाँ जीवन पाइन् । २०७१ सालमा कान्तिपुरसँगको कुराकानीमा उनले भनेका थिए, बाढीमा परेर मैले दुवै आँखा गुमाएँ, त्यसैले संसार कस्तो छ, अहिलेसम्म देख्न पाएको छैन











