सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ३० रुपैयाँ रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search