मुनाल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

काठमाडौँ । नेपालले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ । भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेडबीच शनिबार नयाँ दिल्लीमा उक्त सहयोगका सम्बन्धमा समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने समझदारी भएको हो । विदेश मन्त्रायलका तर्फबाट सहसचिव अनुराग श्रीवास्तव र न्यु स्पेस इन्डिया लिमिटेडका निर्देशक अरुनाचलम ए। बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा नास्टका सचिव डा। रवीन्द्रप्रसाद ढकाल, भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा। अभास मास्के सहभागी थिए । कार्यवाहक राजदूत थापाले उक्त हस्ताक्षर कार्यक्रमपछि अहिलेसम्म नेपाल–भारत सम्बन्धलाई हिमालयभन्दा अग्लो र इन्डियन समुन्द्रभन्दा गहिरो भन्ने गरेकामा अब स्पेस ९अन्तरिक्षण० मा नेपाली स्याटलाइट पुर्‍याउन गरेको सहयोगले अब स्पेससम्मको सम्बन्ध भन्न मिल्ने पनि उल्लेख गरे ।

गत पुस १९ मा काठमाडौंमा भएको नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटलाइटलाई भारतको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको हो । सोही सहमतिअनुसार अहिले यो कार्यक्रम अघि बढाइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search