काठमाडौंबाट ११ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका(१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search