काठमाण्डौ । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज केही समयका लागि बन्द हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नतिको काम गर्न लागेकाले आज राति ११ बजेदेखि झण्डै ४ घण्टा सेवा प्रभावित हुने भएको हो ।
टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नतिको काम नियमित भएको जनाएको छ । यसबारे थप जानकारीका लागि १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।