सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो

काठमाण्डौ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुन एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अस्ति जस्तै तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search